डिशहोम सोलिडारिटी फुटसल कप २०२५ सम्पन्न
भैसेपाटीस्थित वन ट्री हिल फुटसलमा डिशहोमले आयोजना गरेको पहिलो डिशहोम सोलिडारिटी फुटसल कप २०२५ सम्पन्न भएको छ। व्यावसायिक साझेदार कम्पनीहरूबीच सहकार्य, सद्भाव र स्वस्थ सम्बन्ध प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यो प्रतियोगितामा १४ कम्पनीका १७ टिम सहभागी थिए।
‘स्वास्थ्य, सम्बन्ध र एकताका लागि खेल’ भन्ने नाराका साथ आयोजित प्रतियोगितामा १७ टिमलाई चार समूहमा विभाजन गरी समूह चरणको खेल सञ्चालन गरिएको थियो। समूह चरणबाट समूह “A” बाट Aqore Software Pvt. Ltd. र IME Limited, समूह “B” बाट Optinet Solution Pvt. Ltd. र IME Cooperative Pvt. Ltd., समूह “C” बाट Nepal Digital Service Pvt. Ltd. र CG Communication Ltd., र समूह “D” बाट DishHome Internet र Amnil Technology Pvt. Ltd. क्वाटर फाइनलमा पुगेका थिए।
क्वाटर फाइनलपछि सेमी-फाइनलमा पुगेका चार टिम (IME Cooperative, Nepal Digital Service, Optinet Solution, CG Communication) मध्ये CG Communication र Nepal Digital Service (NDS) फाइनलमा प्रवेश गरे। फाइनल खेलमा CG Communication ले NDS लाई पराजित गर्दै उपाधि जित्यो। CG का खेलाडी सुशील श्रेष्ठ र सलिन श्रेष्ठले पहिलो हाफमा गोल गर्दै अग्रता दिलाए, भने दोस्रो हाफमा थप गोल गरी जित सुनिश्चित गरे। तेस्रो स्थानका लागि भएको खेलमा Optinet Solution ले IME Cooperative लाई हराउँदै तेस्रो स्थान हासिल गर्यो।
विजेता CG Communication, उपविजेता Nepal Digital Service र तेस्रो स्थानको Optinet Solution लाई क्रमशः नगद राशि, मेडल र प्रमाणपत्र प्रदान गरियो। प्रतियोगिताको उत्कृष्ट खेलाडी Optinet Solution का धिरज बास्कोटा र उत्कृष्ट गोलकिपर CG Communication का लोकेन्द्र तामाङ घोषित भए।
समापन समारोहमा डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले पुरस्कार वितरण गर्नुभयो।
प्रतिक्रिया