बुधबार, ४ असार २०८२

हिमालयन बैंकद्वारा दूधपोखरी शाखा संचालनमा

समयपोष्ट २०८२ जेठ २७ गते २१:५०

Advertisement

हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जालहरूमध्ये नजिकको गौंडा शाखालाई स्थानान्तरण गरी लम्जुङ्गको दूधपोखरी गाउँपालिका वडा नं. ५, जोर्नेमा दूधपोखरी शाखा नामबाट आजदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ।

उक्त शाखाको उद्घाटन दूधपोखरी गाउँपालिका अध्यक्ष धन बहादुर गुरुङ्गको प्रमुख आतिथ्यतामा, बैंकका कर्मचारीहरू तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थितिमा सम्पन्न भएको हो। उद्घाटन समारोहमा बैंकले स्थानान्तरण गरिएको नयाँ शाखामार्फत स्थानीय बासिन्दाहरूलाई अझ सहज, सुलभ र आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

हाल हिमालयन बैंक लिमिटेडले देशभर फैलिएका १७४ शाखा कार्यालयहरू, २० विस्तारित काउन्टरहरू, २८६ एटीएम, ८,००० भन्दा बढी POS टर्मिनलहरू तथा १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूमार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री