आइतबार, १५ असार २०८२

महालक्ष्मी विकास बैंकद्वारा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

समयपोष्ट २०८२ असार १५ गते १६:३९

Advertisement

महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित र सहज बैंकिङ सुविधा प्रदान गर्ने नीतिअनुसार फोन पेसँगको सहकार्यमा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ।

यो सेवाअन्तर्गत ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप “महालक्ष्मी स्मार्ट साथी” मार्फत ‘महालक्ष्मी फोन पे क्रेडिट कार्ड’ प्रयोग गरी कुनै पनि स्थानबाट सुरक्षित र सुविधाजनक तरिकाले फोन पे क्यूआर मर्चेन्ट वा अनलाइन किनमेलको भुक्तानी गर्न सक्नेछन्। भौतिक क्रेडिट कार्डमा उपलब्ध ४५ दिनको ब्याजरहित अवधि र लचिलो किस्ताबन्दी सुविधा यो भर्चुअल क्रेडिट कार्डमा पनि उपलब्ध हुनेछ। भौतिक कार्डको आवश्यकता नपर्ने हुँदा कार्ड बोकेर हिँड्नुपर्ने झन्झटबाट ग्राहकहरू मुक्त हुनेछन्।

सेवा सुरु भएसँगै बैंकले भर्चुअल क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई रु. ५०० सम्मको विशेष क्यासब्याक अफर पनि ल्याएको छ, जसले ग्राहकहरूलाई थप लाभदायक हुनेछ।

डिजिटल नवप्रवर्तनको क्षेत्रमा नेपालका विकास बैंकहरूमध्ये अग्रणी स्थानमा रहेको महालक्ष्मी विकास बैंक यो सेवा सञ्चालन गर्ने पहिलो विकास बैंक बनेको छ। यो सुविधाले बैंकको डिजिटल बैंकिङ सेवालाई थप ग्राहकमैत्री र प्रविधिकेन्द्रित बनाउने विश्वास बैंकले लिएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री