शुक्रबार, १३ असार २०८२

सिटिजन्स क्यापिटलद्वारा ‘सिटिजन्स सदाबहार योजना’को इकाई निष्काशन सुरु

समयपोष्ट २०८२ असार १३ गते १०:४७

Advertisement

सिटिजन्स क्यापिटल लिमिटेडले आज (असार १३ गते) देखि ‘सिटिजन्स सदाबहार योजना’ नामक सामूहिक लगानी कोषको इकाई सार्वजनिक निष्काशनमा ल्याएको छ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरका कुल ५ करोड इकाईमध्ये न्यूनतम ७५ लाख इकाई (वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत) कोष प्रबद्र्धक सिटिजन्स बैंक इन्टरनेश्नलका लागि सुरक्षित राखेर बाँकी न्यूनतम ४ करोड २५ लाख इकाई प्रथम चरणमा निष्काशन गर्न लागेको हो। यो खुलामुखी प्रकृतिको योजना सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुनेछ र यसको कुल आकार ५० करोड रुपैयाँ रहेको छ।

लगानीकर्ताले असार १७ गतेसम्म यो योजनाको इकाईमा आवेदन दिन सक्नेछन्। यदि उक्त अवधिमा सबै इकाई बिक्री नभएमा, आवेदन असार २७ गतेसम्म खुला रहनेछ।

निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले लिएको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाहरूबाट आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ अनलाइन सफ्टवेयरमार्फत सि–आस्बा प्रणालीबाट पनि आवेदन गर्न सकिनेछ।

Advertisement

इक्रा नेपालले कोष प्रबद्र्धक सिटिजन्स बैंक इन्टरनेश्नललाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्लस’ र योजना व्यवस्थापक सिटिजन्स क्यापिटललाई ‘इक्राएनपी एएमसी क्वालिटि ३’ रेटिङ्ग प्रदान गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री