एन आई सी एशिया बैंकका संचालक रामचन्द्र संघई सीआईपी सम्मानबाट सम्मानित
एन आई सी एशिया बैंकका संचालक रामचन्द्र संघई नेपाल सरकारले प्रदान गर्ने प्रतिष्ठित व्यवसायिक व्यक्ति (सीआईपी) सम्मानबाट सम्मानित हुनुभएको छ।
मुलुकको वाणिज्य क्षेत्र, निर्यात तथा समग्र अर्थतन्त्रमा उहाँको उल्लेखनीय योगदानको कदर गर्दै नेपाल सरकारले मिति २०८२ असार ३२ गते उहाँलाई यो सम्मान प्रदान गरेको हो।
नेपाल सरकारले मुलुकको आर्थिक विकास र वाणिज्य क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्तिहरूलाई सीआईपी सम्मान प्रदान गर्दै आएको छ। यो सम्मानले व्यवसायीहरूको योगदानलाई उच्च मूल्यांकन गर्दै उनीहरूको कार्यलाई प्रोत्साहन गर्ने उद्देश्य राख्छ।
संचालक संघईले मुलुकको आर्थिक विकासमा पु¥याएको योगदान र सीआईपी जस्तो गरिमामय सम्मान प्राप्त गरेकोमा एन आई सी एशिया बैंकले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। बैंकले एक विज्ञप्ति जारी गर्दै संचालक संघईप्रति गर्व व्यक्त गरेको छ र उहाँको यो उपलब्धिले समग्र बैंकिङ क्षेत्रलाई थप प्रेरणा मिल्ने विश्वास लिएको छ।
प्रतिक्रिया