आइतबार, २२ असार २०८२

एलआईसी नेपालको २१औं वार्षिक साधारणसभा सम्पन्न

समयपोष्ट २०८० मंसिर १९ गते १२:०६

Advertisement

लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) (नेपाल) को २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सोमबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा उक्त सभा सम्पन्न भएको हो ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७८/७९ लाई अनुमोदन गर्ने प्रस्तावलाई पारित गरेको छ । त्यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरेको छ ।

Advertisement

त्यस्तै, सभाले आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकमा श्री पिएल श्रेष्ठ एण्ड कम्पनीलाई पुनः नियुक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री