आइतबार, ४ साउन २०८२

कुलिङ पिरियड विवाद : यी हुन् विशेष संसदीय छानबिन समितिमा रहने सात सदस्य

समयपोष्ट २०८२ असार २३ गते १४:२३


संघीय निजामती सेवा विधेयक, २०८० मा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको हेरफेरको छानबिन गर्न गठित विशेष संसदीय समितिका सदस्यहरूको नाम टुंगो लागेको छ।

समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशील थिङ, नेकपा (एमाले) बाट ईश्वरी घर्ती र नारायण प्रसाद आचार्य, नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहेका छन् ।

समितिको नाम ‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ रहेको छ । कांग्रेसले नेतृत्व गर्ने यो समितिलाई छानबिनका लागि २१ दिनको समय दिइनेछ । सभामुख देवराज घिमिरेसँग शनिबार भएको छलफलमा विभिन्न दलका प्रमुख सचेतकहरूले आ-आफ्नो पार्टीबाट सदस्यहरूको नामावली प्रस्तुत गरेका थिए। ती नामावली सभामुखको सचिवालयले आइतबार सार्वजनिक गरेको हो। सभामुख घिमिरेले आजको प्रतिनिधिसभा बैठकमा ‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ मा रहने सदस्यहरूको नाम औपचारिक रूपमा घोषणा गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री