२१ दिनदेखि सुनचाँदी व्यवसायीको रिले अनसन
नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ सङ्घर्ष समितिले सरकारले सुनचाँदीमा लगाएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याटको विरोधमा काठमाडौँको रत्नपार्कमा २१ दिनदेखि रिले अनसन जारी राखेको छ।
समितिका अनुसार, सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर र हिरा, जवाह र रत्नमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेको छ। यो नीतिले व्यवसायी, कालिगढ, कर्मचारी र उपभोक्तालाई ठूलो आर्थिक भार पर्ने समितिको दाबी छ।
उनीहरुले कानुन बमोजिम नगद सरह सम्पत्तिको व्यवस्था कार्यान्वयन गर्न, हिरा जुवाहरत पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेज गर्न, कोटा प्रणाली खारेज गरी २५,५० र १०० ग्रामका सुनका टुक्राहरू पान नम्बर र कर चुक्ताका आधारमा गहना उत्पादक तथा कालीगढ र आम व्यवसायीहरूले आफ्नै क्षेत्रमा सहज रूपमा खरिद गर्ने व्यवस्था गर्न माग गरेका छन् ।
उपभोक्ता, कर्मचारी, कालीगढ तथा व्यवसायीमैत्री ऐन कानुन निर्माण गर्न माग गरेका छन् ।
प्रतिक्रिया