सेयर बजार ५६ अंकले बढ्यो, १५ कम्पनीको मूल्य बढेर लाग्यो सर्किट

सोमबार सेयर बजार ५६.७२ अंकले बढेर नेप्से परिसुचक २०६७ विन्दुमा पुगेको छ । सूचक बढेसँगै आज ७ अर्ब २० करोड रुपैयाँको सेयर किनबेच भएको छ।

Advertisement

जीवन बीमा र व्यापार समुहको उपसूचक ८ प्रतिशत भन्दा बढीले बृद्धि भएको छ। जीवन बीमा समुह एक हजार अंकले बढ्दा निर्जिवन बीमा समुह ३७९ अंकले बढेको छ। जीवन बीमाको सूचक १३ हजार अंक माथी पुग्दा निर्जिवन बीमा समुहको सूचक पनि १० हजार अंक भन्दा माथी पुगेको छ।

सबै उपसूचक हरियो भएको बजारमा जलविद्युत समुहको सूचक भने रातो भएको छ। जलविद्युत समुह १९ अंकले घटेको छ। सोमबार सर्वाधिक कारोबार हुने कम्पनीमा बीमा कम्पनी सबैभन्दा अघि आएका छन्। नेपाल लाइफ, नेश्नल लाइफ र शिखर इन्स्योरेन्सको सेयरमा लगानीकर्ता झुम्मीएपछि सर्वाधिक कारोबार भएको छ।

नेपाल लाइफको करिब ७५ करोड रुपैयाको किनबेच हुँदा पुनर्बिमा कम्पनीको ४६ करोड, नेश्नल लाइफको ४२ करोड, नबिल बैंकको ३३ करोड र शिखर इन्स्योरेन्सको २४ करोड रुपैयाँको सेयर किनबेच भएको छ। १५ वटा कम्पनीको मूल्य बढेर सर्किट लाग्दा धेरै जसो बीमा र लघुवित्त कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। सर्वाधिक मूल्य बढ्ने कम्पनीमा प्राइम लाइफ, नेपाल लाइफ, नेश्नल लाइफ र शिखर इन्स्योरेन्स कम्पनी सबै भन्दा अघि छन्।

नबिल बैंक, साल्ट ट्रेडिङ कम्पनी, ग्लोबल आइएमई लघुवित्त, नारायणी डेभलोपमेन्ट बैंक, महिला सहयात्रा लघुवित्त, माहुली सामुदायिक लघुवित्त, लक्ष्मी लघुवित्त, उन्नती सुरक्षा लघुवित्त, स्वाभिमान लघुवित्त, विजया लघुवित्त, मिथिला लघुवित्त, सपोर्ट लघुवित्त, नेश्नल माइक्रो फाइनान्सको सेयर मूल्य पनि करिब १० प्रतिशतले बढेको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री