बिहीबार, १३ वैशाख २०८१

सगरमाथा इन्स्योरेन्सले भुक्तानी गर्यो पाँच लाख दाबी रकम

समयपोष्ट २०७६ मंसिर १५ गते २०:२१

Advertisement

पाल्पा निस्दी गाउँपालिका–४ मित्यालका स्व घनबहादुर सुनारीको परिवारलाई सगरमाथा इन्स्योरेन्स कम्पनी रामपुर शाखा कार्यालयले रकम प्रदान गरेको छ ।

शाखा कार्यालयले तेस्रो पक्षको बीमा वापतको रु पाँच लाख दाबी रकम प्रदान गरेको हो । सुनारीका धर्मपत्नी विष्णुमाया रुचाललाई सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखाका प्रमुख डोलराज श्रेष्ठले आज कार्यालयमा चेक हस्तान्तरण गर्नुभयो ।

मोटरसाइकलमा बुटवलबाट पाल्पा आउने क्रममा गत भदौ २८ गते सिद्धबाबाको पहिरोमा परेर सुनारीको निधन भएको थियो । सुनारीको ६ वर्षीय र छ महिनाका गरी दुई छोरी छन् । उहाँले सगरमाथा इन्स्योरेन्स कम्पनीमा मोटरसाइकलको तेस्रो पक्ष बीमा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री