सोमबार, १६ असार २०८२

अझै सार्वजनिक भएन बानियाँटरस्थित पारमाउण्ट एकेडेमीका विद्यार्थीहरूको एसईई नतिजा

समयपोष्ट २०८२ असार १६ गते १२:०५

Advertisement

देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भइसकेको भए पनि टोखा नगरपालिका–८ बानियाँटरस्थित पारमाउण्ट एकेडेमीका विद्यार्थीहरूको नतिजा अझै सार्वजनिक भएको छैन ।

शिक्षा मन्त्रालय अन्तर्गतको राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा सञ्चालन भएको एसईईको नतिजा असार १३ गते सार्वजनिक गरेको थियो। तर, पारमाउण्ट एकेडेमीका विद्यार्थीहरूले विभिन्न माध्यमबाट नतिजा हेर्दा “डेटा उपलब्ध छैन” भन्ने सन्देश मात्र पाए ।

विद्यालयका प्रिन्सिपल मुकुन्द पाण्डेले सो विषयमा सम्बन्धित निकायमा आफुहरुले जानकारी गराएको बताए ।

राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयकी सुचना अधिकारी लक्ष्मी मरासैनीले शुक्रबार सार्वजनिक भएको कक्षा १० को परीक्षाफलमा प्राविधिक गडबडी भएको स्विकारीन् । उनले राजधानीका कुन कुन बिद्यालयका बिद्याथीहरुको परीक्षाफलमा त्रुटी भएको यकिन नभएको बताउँदै बिद्यालयले कार्यालयमा आएर निवेदन दिएको एक दुई दिनमै नतिजा प्रकाशित गरिदिने दाबी गरिन् । सुचना अधिकारी मरासैनीले बिद्यार्थीहरुले उत्तर पुरिस्तकामा विषयगत फर्म, विषयगत कोड, सिम्बोल नम्बर उल्लेख गर्ने क्रममा गल्ती गर्दा यस्तो समस्या आएको हुनसक्ने बताईन् ।

Advertisement

विद्यार्थीहरू भने अन्य साथीहरूको नतिजा सार्वजनिक भइसक्दा पनि आफूहरूको नतिजा नआउँदा निराश र चिन्तित देखिन्छन्। अभिभावकहरूले यथाशीघ्र नतिजा सार्वजनिक गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री