चिकित्सक आन्दोलन : काउन्सिलको प्रमाणपत्र उसैलाई बुझाउने घोषणा
समयपोष्ट
२०८२ असार २० गते १८:४१
नेपाल चिकित्सक सङ्घको आह्वानमा आन्दोलनरत चिकित्सकहरूले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।
सोमबार बसेको सङ्घको आकस्मिक बैठकले यी कार्यक्रम तय गरेको हो। जसअन्तर्गत असार २४ गते मङ्गलवार चिकित्सकहरूले मेडिकल काउन्सिलको प्रमाणपत्र काउन्सिलमै बुझाउने निर्णय गरेका छन्।
उपभोक्ता अदालतको निर्णयविरुद्ध चुनौती दिँदै चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्।
प्रतिक्रिया