बिहीबार, ३ जेठ २०८१

एनआइसी एसिया बैंकले फेरी ल्यायो अहिले सम्मकै नयाँ अफर, कार्डबाट किनमेल गर्दा ५०० रुपैयाँसम्म फिर्ता

समयपोष्ट २०७५ मंसिर १४ गते ११:४४

एनआइसी एसिया बैंकले भिसा डेबिट तथा क्रेडिट कार्डबाट हुने खरीदमा क्यास ब्याक दिन अफर ल्याएको छ।

Advertisement

बैंकले नेपालभित्र भिसाको सहकार्यमा पिओएस मेसिनमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्दा पैसा फिर्ता योजनाको शुरुवात गरेको हो। यो स्किम डिसेम्बरदेखि जनवरीसम्म लागू हुने छ।

बैंकका अनुसार प्रथम कारोबारमा कारोबार रकमको २% वा बढिमा रु. १०० क्यासब्याक,
दोस्रो कारोबारमा कारोबार रकमको ४% वा बढिमा रु. २०० क्यासब्याक, तेस्रो कारोबारमा कारोबार रकमको ६% वा बढिमा रु. ३०० क्यासब्याक,चौथो कारोबारमा कारोबार रकमको ८% वा बढिमा रु. ४०० क्यासब्याक,पाँचौ कारोबारमा कारोबार रकमको १०% वा बढिमा रु. ५०० क्यासब्याक पार्इने छ ।

यस्तै एक महिनामा प्रति कारोबारको आधारमा एक महिनामा प्रत्येक ५ सफल कारोबारमा मात्र क्यासब्याक हुनेछ । एक महिनामा प्रति कारोबारको आधारमा एक महिनामा प्रत्येक ५ सफल कारोबारमा मात्र क्यासब्याक हुने बैंकले जनाएको छ ।

बैंकको ४ लाख ५० हजारभन्दा बढि भिसा डेबिट वा क्रेडिट कार्ड ग्राहकहरु छन्। यो स्किमबाट बैंकका सबै कार्डहोल्डरहरु लाभान्वित हुने विज्ञप्तिमा उल्लेख छ।

Advertisement

बैंकका २६८ शाखा, २८० एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर तथा १९ वटा शाखा रहित बैंकिङ ईकाई छन्। बैंकको वासलातको आकार २११ अर्ब भन्दा माथि पुगिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री