सोमबार, ५ साउन २०८२

सलिकोको २९औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

समयपोष्ट २०८२ साउन २ गते १६:३१


सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड “सलिको” ले आफ्नो २९औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। कम्पनीले २९ वर्षको सफल यात्रा पूरा गरी ३०औं वर्षमा प्रवेश गरेको अवसरमा देशभर विभिन्न सामाजिक र सहयोगमूलक कार्यक्रमहरू आयोजना गरेको छ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विविध कार्यक्रमहरू सञ्चालन गरेको छ। काठमाडौंमा आयोजित रक्तदान कार्यक्रम र निःशुल्क दन्त परीक्षण शिविर मा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

कम्पनीले काठमाडौंमा रक्तदान कार्यक्रम र निःशुल्क दन्त परीक्षण शिविरको आयोजना गरिएको छ। त्यस्तै, गण्डकी, लुम्बिनी र कोशी प्रदेश कार्यालयले मानव सेवा आश्रममा सहयोग हस्तान्तरण गरेका छन् भने मधेश प्रदेश कार्यालयले आमाको माया छात्रावासमा बालबालिकालाई भोजन प्रदान गर्ने कार्यक्रम सञ्चालन गरेको छ।

सो अवसरमा कम्पनीले आफ्ना समस्त ग्राहक, शेयरधनी, नियामक निकाय, कर्मचारी तथा शुभचिन्तकहरूलाई २९ वर्षको साथ र समर्थनप्रति हार्दिक आभार व्यक्त गरेको छ। साथै, आगामी दिनमा अझ उत्कृष्ट र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता कम्पनीले दोहोर्‍याएको छ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री, नायव प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य, नायब महाप्रवन्धक कविराज पौडेल, दाबी विभाग प्रमुख सुवास दिक्षित लगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले विगत २९ वर्षदेखि बीमा क्षेत्रमा विश्वसनीय सेवा प्रदान गर्दै आइरहेको छ। सामाजिक जिम्मेवारी र व्यवसायिक उत्कृष्टताको सन्तुलन कायम गर्दै कम्पनीले आफ्नो पहिचान स्थापित गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री