प्रभु बैंक र होटल यार्शाबीच छुट सम्झौता
समयपोष्ट
२०८२ जेठ २५ गते १३:४९
भु बैंक लिमिटेड र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
यो पहल जिरी नगरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको हो। सगरमाथाको प्रवेशद्वार भनेर चिनिने जिरीको शान्त र रमणीय वातावरणमा अवस्थित होटल यार्शाले यो सुविधा प्रदान गर्नेछ।
यस सम्झौता अनुसार, प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले होटल यार्शामा होटल कोठामा १५ प्रतिशत छुट र खाना तथा पेय पदार्थमा ५ प्रतिशत छुट प्राप्त गर्नेछन्। यी छुटहरूले ग्राहकहरूलाई सस्तो मूल्यमा उत्कृष्ट सेवा प्राप्त गर्न मद्दत गर्नेछ।
जिरी स्वच्छ हावा, शीतल मौसम र प्राकृतिक सौन्दर्यका लागि प्रख्यात छ। यो स्थान पदयात्रा, पारिवारिक भ्रमण र शान्ति तथा रोमाञ्च खोज्ने पर्यटकहरूका लागि आदर्श गन्तव्य हो।
प्रतिक्रिया