शनिबार, ३ साउन २०८२

राजर्षि जनक विश्वविद्यालयको सिनेट : ३७ करोड ९३ लाख बजेट स्वीकृत

समयपोष्ट २०८२ असार ३० गते २१:४७

राजर्षि जनक विश्वविद्यालयको आगामी आर्थिक वर्षका लागि रु ३७ करोड ९३ लाख ८३ हजार बजेट स्वीकृत गरिएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न १०औँ सभा (सिनेट) बैठकले बजे स्वीकृत गरेको हो ।

बैठकमा विश्वविद्यालयका रजिष्ट्रार सत्यनारायण साहद्वारा प्रस्तुत बजेट तथा कार्यक्रम संशोधनसहित स्वीकृत गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री