“७% नेपाल एसबिआई बैंक ऋणपत्र २०९०” को निष्कासन समाप्त
नेपाल एसबिआई बैंक लिमिटेडले जारी गरेको “७% नेपाल एसबिआई बैंक ऋणपत्र २०९०” ले बजारमा उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ।
यो निष्काशन चार गुणाभन्दा बढीले ओभरसब्सक्राइब भएको छ, जसले बैंकप्रतिको लगानीकर्ताहरूको बलियो विश्वासलाई झल्काउँछ।
कुल ३०,००,००० इकाईहरू, प्रत्येक रु. १,००० को अंकित मूल्यमा, जम्मा रु. ३ अर्ब बराबरको यो निष्काशनमा १.२ करोडभन्दा बढी इकाईहरूका लागि आवेदन प्राप्त भएको थियो । २०८२ असार ३० देखि श्रावण १ सम्म खुला रहेको यो निष्काशनमा लगानीकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
कुल इकाईहरूमध्ये १८,००,००० इकाईहरू निजी प्लेसमेन्टमार्फत र १२,००,००० इकाईहरू सर्वसाधारणका लागि प्रस्ताव गरिएको थियो । जसमध्ये ५% (६०,००० इकाई) म्युचुअल फण्डहरूका लागि सुरक्षित राखिएको थियो । १० वर्ष अवधिका लागि जारी उक्त ऋणपत्रमा ७% वार्षिक आकर्षक ब्याजदर रहेको थियो । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले २०८२ ज्येष्ठ ७ मा यो निष्काशनलाई स्वीकृति प्रदान गरेको थियो भने नबिल इन्भेस्टमेन्ट बैंकिंङ्ग लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।
प्रतिक्रिया