नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौँ महानगर बिक्रीमा छैन : बालेन शाह

काठमाडौँको फोहोर व्यवस्थापनमा अवरोधको आरोप, प्रमुख बालेन्द्र शाह बाहलेले आलोचना गरे

Advertisement

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बाहलेले काठमाडौँको फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको आरोप लगाएका छन्। उनका अनुसार, सङ्घीय सरकारदेखि उपत्यका मेयर्स फोरमसम्मले यस कार्यमा अवरोध सिर्जना गरेका छन्।

सोशल मिडियामा लेख्दै प्रमुख शाह बाहले भने, “नेताज्युहरूले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौँ महानगर बिक्रीमा छैन। तपाईँहरूले पुरै देशनै बेच्नुभो भने पनि, काठमाडौँ एक्लै नेपाल भनेर उभिनेछ।” उनले काठमाडौँको फोहोर व्यवस्थापनका बारेमा चुनाव पूर्व गरेका वचन र योजनाबारे पनि खुलासा गरे।

शाह बाहले चुनाव अघि काठमाडौँको फोहोर व्यवस्थापनमा धेरै कुरा गरेका थिए र निर्वाचित भएपछि ती योजनाहरूअनुसार विभिन्न विकल्पहरूको अध्ययन पनि गरेको बताएका छन्। उनले काठमाडौँको फोहोर व्यवस्थापनका लागि इन्दोर शहरको उदाहरणलाई उपयुक्त नमुना बन्न सक्ने देखेको पनि उल्लेख गरे। इन्दोरले यस्ता समस्याबाट पार पाउने व्यवस्था गरेको थियो जसलाई उनले काठमाडौँका लागि लागू गर्न चाहन्थे।

तर, कार्यान्वयनको क्रममा विभिन्न किसिमका अवरोधहरू उत्पन्न भएको प्रमुख शाह बाहले आरोप लगाए। उनका अनुसार, नेपवेस्ट नामक कम्पनीले फोहोर व्यवस्थापनमा अवरोध सिर्जना गर्न मुद्दा दर्ता गरेको र उक्त कम्पनीलाई राज्यले संरक्षण प्रदान गरेको छ।

Advertisement

सार्वजनिक सेवा र काठमाडौँको फोहोर व्यवस्थापनमा प्रगति गर्नका लागि प्रमुख शाह बाहलेले ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री