शुक्रबार, ७ वैशाख २०८१

बाह्र ठेकेदार कम्पनी कालोसूचीमा

समयपोष्ट २०७९ मंसिर १४ गते ११:३४

Advertisement

समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा परेका छन् ।

सरकारले आज सुचना जारी गर्दै सरकारी नियमानुसार काम नगर्ने व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षदेखि साढे २ वर्षसम्मका लागि कालोसूचीमा राखेको जानकारी दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयको सुचनामा ती कम्पनी कालोसूचीमा रहुन्जेल कुनै पनि सरकारी ठेक्का पट्टाको काममा भाग लिन नपाउने उल्लेख छ ।

कालोसूचीमा पर्ने ठेकेदारहरु भारत सप्तकोशी जेभीमा होमनाथ गौतम, हाइवे कन्स्ट्रक्सन प्रालि भक्तपुरका नारायण सुवेदी, विधि विल्डर्स प्रालि काठमाडौका विप्लव पोखरेल, साइबाबा एवम तारा कन्स्ट्रक्सन सेवा कमपनी जाजकोटका सञ्जया कुमारी राना रहेका छन् ।

यस्तै अनुकुल निर्माण सेवा जुम्लाकातिल बहादुर भण्डारी, पाँचखाल कन्स्ट्रक्सन प्रालि काठमाडौका प्रेम अधिकारी, प्रभु निर्माण सेवा सुर्खेतमा रेशम बहादुर शाह, सिद्धिजनक कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिमा सिद्धिबाबु रेग्मी लगायतका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री