प्रमुख निर्वाचन आयुक्तले गरे मतदान

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदान गरेका छन् ।

Advertisement

भक्तपुरस्थित युनिक नेपाल एकेडेमी लोकन्थलीबाट उनले मतदान गरेका हुन् ।

देशभर आइतबार सुरु भएको निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् ।

ती मतदाताले १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्नेगरी व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ  ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री