शुक्रबार, ७ वैशाख २०८१

ज्योति विकास बैंकले घोषणा गर्यो लाभांश

समयपोष्ट २०७८ मंसिर ९ गते ११:२०

Advertisement

ज्योति विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र सोमा लग्ने कर सहित ४.५ प्रतिशत नगद लाभांश गरी कुल कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

मंसिर ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ८४ करोड ४८ लाख २२ हजार ७८१ रुपैयाँ रहेको छ। ११ प्रतिशतका दरले बोनस शेयर वितरण गरेपश्चात बैंकको चुक्ता पूँजी ४ अर्ब २६ करोड ७७ लाख ५३ हजार २८७ रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री