ग्लोबल आइएमई बैंकलाई लगातार दोस्रो पटक ‘नेपालको उत्कृष्ट बैंक’ को सम्मान
अन्तर्राष्ट्रिय वित्तीय पत्रिका ग्लोबल फाइनान्स म्यागेजिनले ग्लोबल आइएमई बैंकलाई लगातार दोस्रो वर्ष नेपालको उत्कृष्ट बैंक घोषणा गरेको छ।
बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो उपलब्धिलाई गर्व र खुशीको क्षण बताउँदै सम्बन्धित सबै पक्षप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनले भने, “यस गर्विलो क्षणमा नेपाल सरकार, नेपाल राष्ट्र बैंकजस्ता नियामक निकायहरू, आदरणीय ग्राहकवर्ग, लक्ष्य प्राप्तिमा अथक मेहनत गर्ने कर्मचारी साथीहरू तथा सबै शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु।”
ढकालका अनुसार, यस्ता अन्तर्राष्ट्रिय सम्मानले बैंकलाई निरन्तर सफलतातर्फ अघि बढ्न थप प्रेरणा प्रदान गरेको छ। उनले आगामी दिनहरूमा अझ ठूला उपलब्धिहरू हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “हामी ग्राहककेन्द्रित सेवा विस्तार, डिजिटल बैंकिङको सुदृढीकरण र राष्ट्रिय विकासमा योगदान दिँदै नयाँ उचाइ कायम गर्न प्रतिस्पर्धी बन्नेछौँ।”
ग्लोबल आइएमई बैंकले विगतका वर्षहरूमा डिजिटल बैंकिङ, वित्तीय समावेशीकरण र ग्राहककेन्द्रित सेवामा उल्लेखनीय प्रगति गरेको छ। यो सम्मान अन्तर्राष्ट्रिय स्तरमा बैंकको प्रतिष्ठालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
प्रतिक्रिया