वाणिज्य बैंकहरुले कात्तिकका लागि पनि घटाए ब्याजदर
वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचनाअनुसार, बैंकहरुको अधिकतम औसत ब्याजदर असोज महिनाको तुलनामा घटेको छ।
भदौ महिनामा ५.४६ प्रतिशतविन्दु रहेको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर कात्तिकमा ५.२० प्रतिशतविन्दुमा झरेको छ। यो ०.२६ प्रतिशतविन्दुको कमी हो।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १४ बैंकले ब्याजदर घटाएका कारण यो औसत ब्याजदरमा कमी आएको हो। बाँकी ६ बैंकले भने असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
बैंकहरुले संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदरमा पनि ०.२२ प्रतिशतविन्दुको कटौती गरेका छन्। यो कटौतीले संस्थागत निक्षेपकर्ताहरुलाई समेत प्रभाव पार्ने देखिएको छ।
कात्तिक महिनाका लागि सबैभन्दा बढी ब्याजदर घटाउनेमा माछापुच्छ्रे बैंक र एनएमबि बैंक अग्रस्थानमा छन्।
यी दुई बैंकले व्यक्तिगत र संस्थागत दुवै मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदरमा १ प्रतिशतविन्दुको कटौती गरेका छन्।
नेपाल बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले भने व्यक्तिगत र संस्थागत दुवै मुद्दति निक्षेपमा असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
प्रतिक्रिया