बिहीबार, १३ वैशाख २०८१

माउन्टेन इनर्जीको आईपीओ आज प्रि-अलटमेन्ट गर्ने तयारी, कहिले हुँदैछ बाँडफाँट ?

समयपोष्ट २०७७ मंसिर १२ गते १२:०८

Advertisement

माउन्टेन इनर्जीले बिक्रीमा ल्याएको आईपीओ आज प्रि-अलटेमन्ट गर्ने तयारी हुँदैछ ।

बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ्गले आगामी साता बाँडफाँड हुने आईपीओ आज प्रि अलटेमन्ट गर्ने तयारी गरेको हो ।

आईपीओ धेरै डुप्लिकेसन भएकोले भेरिफाइ गर्न केहि समय लागेकोले बाँडफाँडमा ढिलाई भएको क्यापिटलको भनाई छ।

आज प्रि अलटमेन्ट भएमा क्यापिटलले मंगलबारभित्र शेयर बाँडफाँड गरिसक्नुपर्ने छ । आइतबार प्रि अलटमेन्ट भए पनि बुधबारसम्ममा बाँडफाँड गर्नुपर्ने हुन्छ।

माउन्टेन इनर्जीले कार्तिक २६ गतेदेखि सर्वसाधारणका लागि १८ लाख ३० हजार २६५ कित्ता शेयर निष्काशन गरेको थियो । जसमा

साढे सात गुणाभन्दा धेरै आवेदन परेको छ। कम्पनीले सर्वसाधारणमा १८ लाख ३० हजार २६५ कित्ता शेयर बिक्रीमा ल्याएकोमा १ करोड ३९ लाख ४४ हजार ४१० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धकले जनाएको ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री