४४ अंक बढ्यो नेप्से परिसुचक
नेप्से परिसूचक ४४.२५ अंक बढेर २५४७.६० विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ५.१४ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९७ अंक बढेको छ।
आज ३३० स्टकको ४८ हजार ८३६ पटकको कारोबारमा ४ अर्ब ९७ करोड ५४ लाख ८ हजार रुपैयाँबराबरको ९९ लाख ४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ५.०१ प्रतिशत बढेको छ। आज होटल तथा पर्यटन उपसमूहको परिसूचक करिब साढे ३ प्रतिशत बढेको छ भने जलविद्युत, लगानी र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।
आज तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज नेपाल माइक्रो इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। आज इमर्जिङ्ग नेपाल र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ५.२६ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ३१ करोड ९१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। आज नेपाल पुनर्बीमा कम्पनीको करिब साढे २६ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने १० प्रतिशत केबिएल डिबेञ्चर २०९० को कारोबार रकम २४ करोड रुपैयाँ नाघेको छ।
प्रतिक्रिया