सेयर बजारमा गिरावट
नेप्से परिसूचक २२.५८ अंक घटेर २५०५.५८ विन्दुमा झरेको छ।
सेन्सेटिभ इण्डेक्स २.९२ अंक, फ्लोट इण्डेक्स १.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०५ अंक घटेको छ। नेप्सेसँगै कारोबार रकम पनि घटेको छ।
३१८ स्टकको ३५ हजार ७५० पटकको कारोबारमा ३ अर्ब १० करोड १८ लाख ३० हजार रुपैयाँ बराबरको ७६ लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ भने बाँकी १२ उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक २.०९ प्रतिशतले सर्वाधिक घटेको छ। विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६.९३ प्रतिशतले सर्वाधिक बढेको छ। त्यस्तै, एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य ५.२३ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ। समाज लघुवित्त वित्तीय संस्था र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ, जसको २० करोड ५४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। हिमालयन रि इन्स्योरेन्सको साढे १३ करोड र यूनियन हाइड्रोपावरको १३ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
प्रतिक्रिया