गोरखा बजारबाट २० किलोग्राम पटका बरामद
समयपोष्ट
२०८२ कार्तिक १ गते २२:०३
प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको छ ।
गोरखा बजारको विभिन्न स्थानमा चेकजाँच तथा खानतलासी गर्ने क्रममा सो परिमाणको पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पटका बिक्रीवितरण तथा प्रयोग नगर्न÷नगराउन यसअघि प्रहरीले पटकपटक सूचना जारी गरेको थियो । शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले सो सूचना गरिएको जनाउँदै प्रहरीले पुनः पटका राख्ने तथा पट्काउने गरे/नगरेको चेकजाँच र खानतलासी गरिने जनाएको छ ।
त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गर्ने प्रहरी उपरीक्षक भरत विकले जानकारी दिनुभयो ।
प्रतिक्रिया