हिमालयन डिष्टिलरीले घोषणा गर्यो लाभांश
समयपोष्ट
२०८२ असोज ३१ गते १०:४७
हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई २५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव गरेको हो।
यो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले आगामी कात्तिक ३० गते, आइतबार, पर्साको वीरगञ्जस्थित आफ्नो रजिष्टर्ड कार्यालयमा २५औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सभा बिहान १० बजे सुरु हुनेछ।
लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २० गते बुकक्लोज गर्ने जनाएको छ।
यसअनुसार कात्तिक १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम शेयरधनीहरूले साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
प्रतिक्रिया