मंगलबार, २८ असोज २०८२

नेप्से परिसूचक घटेर बन्द, कारोबार रकममा पनि कमी

समयपोष्ट २०८२ असोज २८ गते १५:२६


मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ।

Advertisement

अघिल्लो कारोबार दिन सोमबार १९.४३ अंक बढेर बन्द भएको नेप्से, मंगलबार भने १९.४३ अंक घटेर २,५२८.१६ विन्दुमा झरेको छ।

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ। सोमबार करिब ५ अर्ब रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा मंगलबार ३१७ स्टकको ३८,८२७ पटकको कारोबारमा ३ अर्ब ३६ करोड ६१ लाख ९८ हजार रुपैयाँबराबरको ७४ लाख ८८ हजार कित्ता शेयर किनबेच भएको छ।

दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। शुभम पावर र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सकारात्मक सर्किटमा पुगेको हो। यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य करिब ६ प्रतिशतले बढेको छ भने विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य साढे ५ प्रतिशतले उकालो लागेको छ।

तर, समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सर्वाधिक १० प्रतिशतले घटेको छ।

Advertisement

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ३२ करोड ७ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। हिमालयन रि इन्स्योरेन्सको १६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने सिईडिबी होल्डिङ्स लिमिटेडको कारोबार रकम १२ करोड ५० लाख रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचकमा वृद्धि भएको छ भने १० उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक १.४८ प्रतिशतले सबैभन्दा धेरै बढेको छ। अन्य र म्युचुअल फण्ड उपसमूहको परिसूचकमा पनि सामान्य वृद्धि देखिएको छ। यता, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री