शनिबार, ८ वैशाख २०८१

राजनीतिपछि सबैभन्दा पहिले नयाँ संरचनालाई समेटेको क्षेत्र वित्तीय क्षेत्र नै हो

समयपोष्ट २०७६ भदौ २२ गते १०:०५

Advertisement

विगत दुई वर्षमा सबैभन्दा ठूलो परिवर्तन भनेको देशमा नयाँ संविधान आएको छ । देश गणतन्त्रमा गएको छ । वित्तीय क्षेत्र भनेको अर्थतन्त्रको मुटु हो । स्थानीय, प्रान्तीय र राष्ट्रिय सबैले आर्थिक उन्नतिको कुरा अगाडि सारेका छन् । सामाजिक, राजनीतिक रूपान्तरण भइसकेको छ ।

जति ठाउँमा नेपाल प्रहरी, स्वास्थ चौकी, विद्यालय, बाटो, बिजुलीसमेत पुुगेको छैन , जहाँ नेपाल सरकार नै उपस्थित छैन, तर त्यस्ता धेरै ठाउँमा वित्तीय संस्था पुुगिसकेका छन् ।

अब बाँकी भनेको आर्थिक रूपान्तरण नै हो । यसमा वित्तीय क्षेत्रले के गर्यो त भन्दा पहिलो जुन ठाउँमा ‘क’ वर्गको बैंकको शाखा थिएनन् । सीमित केही स्थानबाहेक सबै स्थानमा ‘क’ वर्गका बैंकका शाखा पुगिसकेका छन् । कतिपय स्थानमा यातायात, विद्युत्लगायत सुविधा छैनन् । नबिल बैंककै कुरा गर्दा १२ वटा शाखा त हामीले सोलारबाट चलाइरहेका छौँ । स्याटेलाइटबाट कनेक्टिभिटी गराइरहेका छौँ । कर्मचारी कति घण्टा पैदल हिँडेर त्यहाँ पुुगिरहेका छन् । वित्तीय समावेशीता एउटा कागजमा लेखेको पमप्लेटबाट साँच्चै नै गाउँ–गाउँमा पुुगेर अगाडि बढिरहेको छ । दुःखको कुरा के भने हामी धेरै ठाउँमा पुुग्दा यति वटामा बैंक पुुगेको छैन नि भनेर कुरा सुरुवात हुन्छ । जति ठाउँमा नेपाल प्रहरी, स्वास्थ चौकी, विद्यालय, बाटो, बिजुलीसमेत पुुगेको छैन , जहाँ नेपाल सरकार नै उपस्थित छैन, तर त्यस्ता धेरै ठाउँमा वित्तीय संस्था पुुगिसकेका छन् । वित्तीय समावेशीताको सुरुआतका लागि सर्वप्रथम जनतामा वित्तीय संस्था पुुग्नुपर्यो । गएको दुुई वर्षमा अहिले जति नेपालमा वित्तीय संस्थाको शाखा छ, नेपालको इतिहासमै यति कहिले पनि थिएन । दुुर्गम क्षेत्रमा जति पनि शाखा थिए, ती सबै सरकारी बैंकका थिए । आज सरकारी बैंकभन्दा बढी निजी क्षेत्रका बैंक पुुगेका छन् ।

यसअघि जनताको पैसा लिएर सीमित ठुल्ठूला कम्पनीलाई कर्जा दिने गरिन्थ्यो । त्यसबाट बैंकहरू रूपान्तरित भइसकेका छन् । साना तथा मध्यम व्यावसायिकहरूले पनि लोन पाउन थालेका छन् । हरेकको सानो भए पनि घर र सवारीसाधनको सपना हुन्छ ।

दोस्रो बैंकले धेरै नाफा कमायो भन्ने पनि गरिन्छ । यसअघि जनताको पैसा लिएर सीमित ठुल्ठूला कम्पनीलाई कर्जा दिने गरिन्थ्यो । त्यसबाट बैंकहरू रूपान्तरित भइसकेका छन् । साना तथा मध्यम व्यावसायिकहरूले पनि लोन पाउन थालेका छन् । हरेकको सानो भए पनि घर र सवारीसाधनको सपना हुन्छ । त्यस्तै साना–साना व्यवसाय सञ्चालन गर्ने अथवा सानो व्यवसायलाई अलिकति पुँजी थपेर उकास्ने सोच हुन सक्छ । यसका लागि वित्तीय संस्था सहर बजारमा मात्र होइन, गाउँ–गाउँमा समेत पुुगेका छन् । ग्रामीण भेगमा मानिसहरूले बाख्रा पालन, माछा पालन गर्न चाहेका हुन सक्छन् । बिजनेसको स्कोप हाम्रो बढेको छ । ग्राहकहरू बढेका छन् । १० रुपियाँ हुने नेपालीदेखि एक करोड हुनेसम्मले बैंकमा खाता खोल्न पाउँछन् । त्यस कारण बिजनेसको स्कोप बढेकाले हाम्रो नाफा पनि वृद्धि भएको हो । गएको दुुई वर्षमा जुन आठ अर्बको पुँजी हामीले पुर्यायौं र त्यसलाई सर्भिस गर्नका लागि बिजनेस बढाएका छौँ । बिजनेस बढिसकेपछि हामीले जुन कर तिर्छौं त्यो पनि बढेको छ । मलाई लाग्छ नेपाल सरकारलाई धेरै कर बुुझाउने वित्तीय क्षेत्र मात्रै होला । त्यस कारण एकतिर जनतालाई चाहिएको पुँजी पुर्याएका छौँ । जनताको डिपोजिटलाई सुरक्षित बनाउने क्षमता बढाएका छौँ । अर्को नाफा बढाएर कर पनि त्यहीअनुसार सरकारलाई तिरिरहेका छौँ ।

ब्याज कम गरेर मात्र हाम्रो दायित्व पूरा हुँदैन । दायित्व पूरा गर्ने हो भने एउटा ब्यालेन्स हुनुपर्छ । लोनको ब्याज पनि एकदम धेरै हुनुहुँदैन तर डिपोजिटरले पाउने ब्याज पनि कम हुनुहुुँदैन । हाम्रो एक वर्षको मुुद्धति निक्षेपको रेट हाम्रो देशको मुुद्रास्फिति रेटभन्दा अलि माथि हुनुपर्छ । त्यो भयो भने मान्छेहरूले डिपोजिट गर्छन् ।

तेस्रो हामीले विचार गर्नुपर्ने कुरा नेपालमा यति ठूलो रूपान्तरण भइसकेपछि सबैभन्दा स्थायित्व मैले वित्तीय क्षेत्रमा पाए । गोरखा भूकम्प गएको एक दिनपछि चलेको सेवा प्रदायक निकाय भनेकै वित्तीय क्षेत्र थियो । नेपालभरि नै हामीले सेवा प्रदान गरिरहेका थियौँ । त्यसबाट बैंकिङ क्षेत्रप्रति नेपाली जनताको विश्वास अझ बढ्यो । वित्तीय क्षेत्रले पैसाभन्दा बढी जनताको विश्वास कमाएको छ । कतिपयले ब्याज बढी भयो भन्ने गुनासो पनि गर्ने गरेका छन् तर केही लाख मानिसले हामीबाट लोन लिएका छन् भने केही करोड मान्छेले हामीकहाँ डिपोजिट राखेका छन् । हामीले पनि केही ब्यालेन्स आउनुपर्छ भन्ने महसुुस गर्यौं। ब्याज कम गरेर मात्र हाम्रो दायित्व पूरा हुँदैन । दायित्व पूरा गर्ने हो भने एउटा ब्यालेन्स हुनुपर्छ । लोनको ब्याज पनि एकदम धेरै हुनुहुँदैन तर डिपोजिटरले पाउने ब्याज पनि कम हुनुहुुँदैन । हाम्रो एक वर्षको मुुद्धति निक्षेपको रेट हाम्रो देशको मुुद्रास्फिति रेटभन्दा अलि माथि हुनुपर्छ । त्यो भयो भने मान्छेहरूले डिपोजिट गर्छन् ।

सुदूरपश्चिमका हाम्रो दाजुुभाइ–दिदीबहिनी हामीभन्दा कम बुद्धि, कम क्षमता र कम पसिना बगाउने भएकाले उहाँहरू हामीभन्दा कम विकसित होइन । त्यहाँ त कहिले पनि पुँजी नै पुुगेन । सरकारले त्यहाँको आर्थिक उन्नतिबारेमा सोच्दै सोचेन तर अब त त्यहाँबाट नै शाखा यहाँ चाहियो यस्तो प्रडक्ट चाहियो भनेर माग भइरहेको छ ।

पहिले नेपालको अर्थतन्त्रको लक्ष्य काठमाडौँबाट उद्योग, अर्थमन्त्रीले निर्धारित गर्थे भने अहिले प्रदेशका मुख्यमन्त्री, अर्थमन्त्रीले त्यसको निर्धारण गर्छन् । त्यहाँ जलविद्युत्, पर्यटन, कृषि भन्ने कुरा आउँला । अहिले सबै वित्तीय क्षेत्रहरूको संरचना पनि प्रान्तीय भएको छ । हरेक प्रान्तमा हरेक बैंकको प्रान्तीय अफिस छ । त्यहीँ प्रान्तको म्यानेजरले त्यहाँको आवश्यकता के हो त्यहीअनुसार गर्छ । पहिले एउटा मुटुले सबैतिर काम गर्नुपथ्र्यो भने अहिले सातैवटा मुटु भएको छ । त्यसले आउँदा दिनमा धेरै सकारात्मक प्रभाव पार्छ । म सधैँ भन्ने गर्छु सुदूरपश्चिमका हाम्रो दाजुुभाइ–दिदीबहिनी हामीभन्दा कम बुद्धि, कम क्षमता र कम पसिना बगाउने भएकाले उहाँहरू हामीभन्दा कम विकसित होइन । त्यहाँ त कहिले पनि पुँजी नै पुुगेन । सरकारले त्यहाँको आर्थिक उन्नतिबारेमा सोच्दै सोचेन तर अब त त्यहाँबाट नै शाखा यहाँ चाहियो यस्तो प्रडक्ट चाहियो भनेर माग भइरहेको छ ।

यो दुुई वर्ष नयाँ संविधान आइसकेपछि हामीलाई पनि जग बनाउने समय हो । अझै एक वर्ष त्यो समय हुन्छ । जग बनिसकेपछि सानो टुसा आएको छ । हरियो भएको छ । फल फलिसकेको छैन तर अब आउने वर्षहरूमा त्यसमा फल पनि लाग्छ ।

राजनीतिपछि सबैभन्दा पहिले नयाँ संरचनालाई समेटेर अगाडि बढेको क्षेत्र वित्तीय क्षेत्र नै हो । त्यस कारण यो दुुई वर्ष नयाँ संविधान आइसकेपछि हामीलाई पनि जग बनाउने समय हो । अझै एक वर्ष त्यो समय हुन्छ । जग बनिसकेपछि सानो टुसा आएको छ । हरियो भएको छ । फल फलिसकेको छैन तर अब आउने वर्षहरूमा त्यसमा फल पनि लाग्छ । साँच्चै नै सुखी नेपाली समृद्ध नेपाल भन्ने नारा मात्र होइन, यसलाई कार्यान्वयन गर्न वित्तीय क्षेत्रले धेरै ठूलो योगदान गर्छ ।

वित्तीय संघीयता र स्थायित्व

पहिले ग्रिन्डलेज बैंक सुरु गर्दा विराटनगर, वीरगन्जमा शाखा राखेर हुन्छ र त्यहाँ केही बिजेस नै छैन भनिन्थ्यो तर हामी गयौँ, शाखा खोल्यौँ । त्यहाँको अर्थतन्त्र कति ठूलो छ । वित्तीय क्षेत्रले मात्र गरेर ठूलो भएको म भन्दिनँ तर हामी एउटा सहजकर्ता हौँ । काम गर्ने मानिस सबै ठाउँमा छन् । नेपालीहरू काम गर्न चाहन्छन्, बुुद्धि चलाउन चाहन्छन् । जति जोश जाँगर भए पनि अलिकति पुँजी नभए केही गर्न सकिँदैन । हामी जहाँ–जहाँ पुुगेका छौँ समय लाग्ला तर रूपान्तरण पक्कै हुन्छ । निजी वित्तीय क्षेत्रको मुख्य लक्ष्य नाफा कमाउनु मात्रै होइन । त्यो मात्रै भएको भए दुुर्गम क्षेत्रमा हामी शाखा खोल्ने नै थिएनौँ । त्यहाँ त घाटैघाटा मात्र छ तर यो हाम्रो लगानी हो । आज नभए भोलि हुन्छ । त्यस क्षेत्रमा एक परिवारले बाख्रा पालन गरिरहेको होला । उहाँको क्षमताले कसैले सात, कसैले १० वटा बाख्रा पालिरहेको थियो भने हामी पुगिसकेपछि १०० वटा गर्न सक्छन् । दुुई वर्षमा संख्या बढेर २०० पुुग्ला । हामीले प्रयोग गर्ने मासु ,तरकारी, फलफूल हाम्रै उत्पादनले धानोस् भन्ने हाम्रो अभिप्रायः हो । त्यसका लागि पुँजी पुुग्नु अति जरुरी छ । पुँजी पुगिसकेपछि तीनदेखि पाँच वर्षभित्रमा विदेश पुुगेका सम्पूर्ण नेपाली दाजुुभाइ स्वदेश फर्कने छन् ।

कुनैै पनि देशको विकासका लागि एउटा सीमित वर्गले पुँजी लगाएर मात्र हुँदैन । सर्वसाधारणले पनि भविष्य नेपालमै बनाउन सक्छु भन्ने वातावरण बन्यो भने अनि देश बन्छ । त्यसका लागि वित्तीय क्षेत्र अथवा राजनीतिक क्षेत्र एक एक्लैले गरेर हुँदैन । सबै मिलेर गर्नुपर्छ ।

कुनैै पनि देशको विकासका लागि एउटा सीमित वर्गले पुँजी लगाएर मात्र हुँदैन । सर्वसाधारणले पनि भविष्य नेपालमै बनाउन सक्छु भन्ने वातावरण बन्यो भने अनि देश बन्छ । त्यसका लागि वित्तीय क्षेत्र अथवा राजनीतिक क्षेत्र एक एक्लैले गरेर हुँदैन । सबै मिलेर गर्नुपर्छ । हामी आफ्नो भूमिका निर्वाह गरिरहेका छौँ । हामी अरूले गरेपछि गर्छौं भन्दैनौँ । हामी त सरकार नपुुगेको स्थानमा पुगिसकेका छौँ । त्यहाँ पुुगेर सरकारसँग बत्ती, बाटोलगायत पूर्वाधार माग गरिरहेका छौँ । अब समस्या सुन्ने स्थानीय निकाय छ । काठमाडौँ नै आउनुपर्ने अथवा सिंहदरबार नै पस्नुपर्ने बाध्यता छैन । त्यस कारण अब दिगो हुनेमा म विश्वस्त छु ।

मौद्रिक नीति र असहमति

हाम्रो नियामकीय निकाय भनेको राष्ट्र बैंक हो । कुनै चिजकोे सकारात्मक–नकारात्मक प्रभावबारे हामीले कुरा गर्ने नियामकीय निकायसँग नै हो । हामी मन्त्री, सभासद, अदालत धाउँदैनौँ । हाम्रो संरक्षक भनेकै राष्ट्र बैंक हो । हामीले गभर्नरसँग पनि भेट्यौँ । हामीले स्प्रेडको जुन क्याल्कुलेसन छ त्यसले बीसदेखि तीस प्रतिशतसम्म बैंकको नाफा घट्छ भनेका थियौँ । त्यो भनेको सम्पूर्ण वित्तीय क्षेत्रको लगभग २८ अर्ब रुपियाँ नाफा घट्छ । त्यसो हुँदा हाम्रो दिने क्षमता, तिर्ने कर, लाभांश सबै कम हुन्छन् भन्यौँ । उहाँहरूले अहिले जे गर्नु भएको छ गर्नुहोस् । एक वर्षपछि यसलाई हामीले भनेको जसरी ल्याउनुहोस् भन्नुुभयो । हामीलाई यही महिनाबाट गर्नुपर्छ भन्ने लागेको थियो होइन रहेछ, जुन हामीलाई सकारात्मक नै लाग्यो । काउन्टर साइक्लिकल बफर भन्ने ल्याउनुुभएको छ । त्यसमा उहाँहरूले हामीले यो सोचेर ल्याएका छौँ । त्यसमा तपाईहरुको सोच के हो ? बसेर छलफल गरौँ । तपाईंहरूले भनेको ठीक रहेछ भने चरणबद्ध रूपमा त्यसलाई लागू गर्न तयार छौँ भन्नुुभयो । त्यो पनि हामीलाई धेरै सकारात्मक लाग्यो ।

त्यससँगै बैंकास्योरेन्सको कुरामा संसारभरि बैंकहरूले बैंकास्योरेन्स गरिरहेका छन् । त्यसमा उहाँहरूले स्पष्ट भन्नुुभयो, यसमा ग्राहकले कम्प्लेन गरे, इन्स्योरेन्स नगरे लोन नै दिदैनौँ भन्ने आयो । अर्को कर्मचारीहरूले काम नै छोडेर कमिसनका लोभमा इन्स्योरेन्स गराउनतिर लागे भन्ने आयो, त्यो कारणले ल्याएका हौँ । तपाईंहरूको दृष्टिकोणमा बैंकास्योरेन्स चेक एण्ड ब्यालेन्स कसरी गर्न सकिन्छ भनेर ह्वाइट पेपर लिएर आउनुहोस्, त्यसमा पनि हामी हेर्छौं भन्नुुभयो । अर्को हामीले सीईओ र निर्देशकहरूको उमेर हदको कुरा पनि उठायौँ । त्यसमा उहाँहरूले यो अन्तर्राष्ट्रिय स्तरमा पनि धेरै देशमा पनि छ । बैंक भनेको आफ्नो पुँजी मात्र सुरक्षित गर्ने होइन, जनताको निक्षेप पनि सुरक्षित गर्ने हो । त्यही भएर गुड गभर्नेन्सका लागि ल्याएका हौँ । यसमा भोलिदेखि नै अफिस आउन नपाउने भन्ने होइन । तपार्ईंहरूलाई समस्या भएको छ भने आउनुहोस् । समय चाहियो भने हामी सकारात्मक रूपले हेर्छौं तर यो हामी कार्यान्वयन गर्छौं भन्ने कुरा आयो । पहिले त हामी पनि पढ्दा सक्ड भएका थियौँ । कुनै पनि समस्या छ भने छलफल नगरी समस्या समाधान हुँदैन । हामीले छलफल गरेका छौँ, यसमा नेपाल बैंकर संघ पूरै नकारात्मक भएको होइन तर म व्यक्तिगत रूपमा सकारात्मक नै छु । यसबाट केही राम्रो समाधान निस्किन्छ ।

बैंकको संख्या 

मेरो कार्यक्षेत्र भनेको बैंक चलाउने हो । स्वास्थ चौकी, स्कुल, बाटो कहाँ बनाउने भन्ने कुरामा मेरो अनुुभव र क्षमता छैन तर नेपालमा कहिलेकाहीँ हचुवाका भरमा क्षमता नभएकै मानिसहरूले त्यस्तो गर्ने हुँदा बिग्रिन जान्छ । कति वटा बैंक चाहिन्छ ? बैंकले कस्तो सेवा दिने भन्ने कुराको कार्यक्षेत्र भनेको केन्द्रीय बैंक, राष्ट्रिय योजना आयोग र नेपाल सरकारको हो । त्यसमा हामीसँग इनपुुट मागे हामीले इनपुट दिने हो । जुन बेला धेरै लाइसेन्सहरू दिन सुरु भयो, त्यतिबेला हामी बैंकका केही सीईओ राष्ट्र बैंक गएर यसो गर्दा अस्वस्थ प्रतिस्पर्धा बढ्छ । बैंकको नम्बर धेरै हुँदा निरीक्षण गर्न पनि गाह्रो हुन्छ भन्यौँ तर उहाँहरू किन डराउनुहुन्छ । खुला बजारमा प्रतिस्पर्धा चाहिन्छ । प्रतिस्पर्धा हुनु राम्रो कुरा हो भन्नुुभयो । त्यतिबेला भर्खर नयाँ लाइसेन्स पाएकोे बैंक म आफैँ गएर आठ वर्ष चलाएँ । त्यसको १२ वर्षपछि बैंक बढी भयो । अस्वस्थ प्रतिस्पर्धा भयो भन्ने आयो ।

पहिले एउटा मुटुले सबैतिर काम गर्नुपथ्र्यो भने अहिले सातैवटा मुटु भएको छ । त्यसले आउँदा दिनमा धेरै सकारात्मक प्रभाव पार्छ ।

भर्खर हामीले आठ अर्ब पुँजी पुर्याएका छौँ । त्यही बेला मर्ज गरेको भए ठीकै हुन्थ्यो । अब मर्ज हुँदा बैंकको पुँजी १६/२० अर्ब पुुग्ला । हाम्रो अर्थतन्त्रले त्यति धेरै पुँजी धान्ला त ? रिटर्न राम्रो आएन भने नकारात्मक कुरा सुरु हुन्छन् । अहिले स्थिरता कायम भएको छ । मौद्रिक नीतिले पनि आफ्नै किसिमले मर्जरलाई प्रोत्साहन गरेको छ । मेरो दृष्टिकोण भनेको मेरो नबिल बैंकलाई कसरी राम्रो बनाउने भन्ने हो तर उहाँहरूको दृष्टिकोण भनेको पूरै वित्तीय क्षेत्रलाई कसरी राम्रो बनाउने भन्ने हो । जसरी मेरो हजुरबुवा, मुवाले गरेको केही काम नराम्रै लागे पनि मन परेन भन्न मेरो संस्कारले दिँदैन राष्ट्र बैंकको पनि त्यस्तै हो । सायद राष्ट्र बैंकलाई जे मलाई थाहा छैन, त्यो थाहा होला तर राष्ट्र बैंकले एकपटक हाम्रो कुरा पनि सुन्नुपर्छ । २८ वटा बैंकलाई लाइसेन्स दिनअघि सबैसँग छलफल गरेको भए १२ वटा मात्र बैंक हुन्थ्यो कि । छलफल नगरी गरेका निणर्यलाई पछि उल्टाउनुपर्यो भने समस्या हुन्छ । त्यो कुरा उहाँहरूकै दिव्यदृष्टि, उहाँहरूकै हातमा छ तर उहाँहरूले जे गर्नुहुन्छ त्यो हामी मानेर अगाडि बढिहाल्छौँ ।

२८ वटा बैंकलाई लाइसेन्स दिनअघि सबैसँग छलफल गरेको भए १२ वटा मात्र बैंक हुन्थ्यो कि । छलफल नगरी गरेका निणर्यलाई पछि उल्टाउनुपर्यो भने समस्या हुन्छ ।

यो वर्ष ‘ग्रोथ इयर’

यो आर्थिक वर्षमा नबिल बैंकका झण्डै चालीस वटा जति शाखा सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौँ । त्यस्तै आन्तरिक रूपमा दक्षता अभिवृद्धि गर्ने प्रक्रियामा छौँ । डिपोजिटमा सेभिङ अकाउण्टहरूलाई बढाउने, लेन्डिङमा एसएमईमा हामी बढी केन्द्रित छौँ । देशको आर्थिक रणनीति पनि त्यस्तै छ । यो वर्ष हाम्रो ग्रोथ इयर नै हुन्छ । यो सबै अट्ने मनोबल मैले नबिलको टिमबाट प्राप्त गरेको छु ।

पहिले मानिसहरूले नेपालमा बैंक खोल्ने हो भने दुुई वटा चिज अनिवार्य छ भन्थे त्यो राष्ट्र बैंकको लाइसेन्स र नबिलको स्टाफ ।

पहिले मानिसहरूले नेपालमा बैंक खोल्ने हो भने दुुई वटा चिज अनिवार्य छ भन्थे त्यो राष्ट्र बैंकको लाइसेन्स र नबिलको स्टाफ । जुन कुवाको पानी लगेर मानिसले पिउँछ त्यसको पावर कति होला ? नबिलको टिमजस्तो अरू कुनै पनि संस्थामा छैन । त्यस कारण पनि अरूञ संस्थाले गर्न नसकेका काम हामी गर्न सक्छौँ भन्ने मनोबल छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री