बुधबार, १२ कार्तिक २०८२

ठगी मुद्दामा प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन पक्राउ

समयपोष्ट २०८२ कार्तिक ११ गते २२:३८

Advertisement

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रभु ग्रुपका अध्यक्ष तथा नेकपा एमालेका पूर्वसांसद देवीप्रकाश भट्टचनलाई ठगी मुद्दामा पक्राउ गरेको छ।

रेमिटेन्स कारोबारसँग सम्बन्धित ९८ करोड रुपैयाँ ठगीको आरोपमा उनलाई मंगलबार ललितपुरबाट नियन्त्रणमा लिइएको हो।

सिआइबी स्रोतका अनुसार भट्टचनविरुद्ध यसअघि नै मुद्दा दर्ता भएको थियो, तर अनुसन्धानको दायरामा ल्याइएको थिएन।

प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले ९८ करोड ठगी गरेको भन्दै जाहेरी दिएकी थिइन्। ब्युरोले बुधबार उनको म्याद थप गरी थप अनुसन्धान अघि बढाउने र घटनाको विस्तृत जानकारी सार्वजनिक गर्ने तयारी गरेको छ।

Advertisement

२०७९ को निर्वाचनमा एमालेले समानुपातिक कोटाअन्तर्गत जनजाति सूचीको पहिलो नम्बरमा राखेर भट्टचनलाई सांसद बनाएको थियो।

त्यसअघि उनी नेपाली कांग्रेसमा सक्रिय थिए। कांग्रेसको १४औँ महाधिवेशनअघि सभापति शेरबहादुर देउवाले उनलाई संगठन विभागको उपप्रमुखमा मनोनयन गरेका थिए।

१९९० मा प्रभु ट्राभल्सबाट व्यवसाय सुरु गरेका भट्टचनले पछि वित्तीय संस्था, कार्गो तथा हेलिकप्टर सेवा विस्तार गरेका थिए। प्रभु बैंकमा लगानीदेखि प्रभु हेलिकप्टर सञ्चालनसम्म उनको व्यापारिक साम्राज्य फैलिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री