माधव नेपालका सबै सुरक्षाकर्मी फिर्ता
समयपोष्ट
२०८२ कार्तिक ११ गते २०:४६
maku
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षार्थ खटिएका सबै सुरक्षाकर्मी फिर्ता भएका छन् ।
गृह मन्त्रालय स्रोतका अनुसार सरकारले नेपाललाई उपलब्ध गराइएका १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरीका सुरक्षाकर्मी पूर्ण रूपमा फिर्ता बोलाउने निर्णय गरेको हो ।
यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षाकर्मीको दुरुपयोग रोक्ने नीति अघि सारेका थिए ।
भ्रष्टाचार मुद्दाका अभियुक्तलाई पूर्वप्रधानमन्त्रीको हैसियतमा सुविधा दिन नमिल्ने आधारमा यो कदम चालिएको स्रोतले जनाएको छ ।




























प्रतिक्रिया