शुक्रबार, ७ कार्तिक २०८२

माइतीघरमा जेनजीको प्रदर्शन: शहीदको रगत खेर नजाओस्

समयपोष्ट २०८२ कार्तिक ७ गते १४:३३

Advertisement

“शहीदको रगत खेर नजाओस्” भन्ने नाराका साथ जेनजी युनाइटेडले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

देशमा सकारात्मक परिवर्तनको माग गर्दै आन्दोलनरत युवाहरूले शहीदहरूको बलिदानलाई स्मरण गर्दै दबाबमूलक प्रदर्शन गरेका हुन्।

युवा पुस्ताले शहीदहरूको योगदानलाई सम्मान गर्दै देशमा सुशासन, जवाफदेहीता र परिवर्तनको आवश्यकता रहेको बताएका छन्।

माइतीघरमा आयोजित प्रदर्शनमा सहभागीहरूले शहीदहरूको सपना साकार पार्न सरकार र समाजलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिए।

Advertisement

जेनजी युनाइटेडका एक प्रतिनिधिले भने, “शहीदहरूले देशको लागि बलिदान दिए, तर तिनको सपना अझै अधुरो छ। हामी यहाँ परिवर्तनको माग गर्न र शहीदको सम्मान गर्न एकजुट भएका छौं।”

यसअघि पनि जेनजी युनाइटेडले विभिन्न सामाजिक र राजनीतिक मुद्दामा दबाब सिर्जना गर्न माइतीघर मण्डलालाई प्रदर्शनस्थल बनाउँदै आएको छ।

उनीहरूले देशमा सुशासन, भ्रष्टाचारमुक्त समाज र युवाहरूको सहभागितालाई प्राथमिकता दिनुपर्ने माग राखेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री