मंगलबार, ३१ भदौ २०७६

सानिमा बैंकले २१.०५ प्रतिशत लाभांश बाँड्ने

समयपोष्ट २०७६ भदौ १७ गते १२:२२

सानिमा बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको भदौ १६ गते सम्पन्न बैठकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश घोषणा गरेको हो । बैठकले १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ११.०५२६ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

बैठकले बैंकको चुक्ता पूँजी ८ अर्ब १२ लाख ५५ हजार ४४० रुपैयाँबाट ८० करोड १ लाख २५ हजार ५४४ रुपैयाँको बोनस र ८८ करोड ४३ लाख ४६ हजार ७५९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रतिक्रिया