बुधबार, २६ वैशाख २०८१

गुराँस लाइफले हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

समयपोष्ट २०७६ साउन २१ गते १२:४९

Advertisement

गुराँस लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्न एनएमबि क्यापिटललाई बिक्री प्रबन्धक नियुक्ति गरेको छ ।

सम्झौतामा गुराँस लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई र एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरे ।

बिमा समितिको निर्देशन एवं चुक्ता पूँजी बृद्धि योजना अनुरुप कम्पनीको नवौं साधारण सभाबाट पारित १००% (१ः१) हकप्रद शेयर निष्काशन गर्नको लागि एनएमबि क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको हो ।

कम्पनीको मिति २०७५/१२/२१ मा सम्पन्न ९ औं साधारण सभाबाट पारित बोनस शेयर सुचीकृत भई सकेको छ भने कम्पनीले चुक्ता पुँजी रु. २ अर्ब पुर्याउन बिमा समितिको स्वीकृती लिई प्रबन्धपत्रमा अधिकृत, जारी तथा चुक्ता पुँजी रु. २ अर्ब राखी नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयबाट संशोधन गरि सकिएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री