बुधबार, १२ कार्तिक २०८२

राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने निर्णय

समयपोष्ट २०८२ कार्तिक १२ गते १५:३२

Advertisement

सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन मिति तोकेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको हो ।

फागुन २० गते १९ जना सदस्यको पद रिक्त हुन लागेसँगै ती स्थानमा पदपूर्ति गर्न निर्वाचन गर्न लागिएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

२०७६ सालको चुनावबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुनबाट सकिनेछ । १९ जना मध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् । बाँकी १८ पदका लागि निर्वाचन हुनेछ ।

Advertisement

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनमा पद रिक्त हुनु भन्दा ३५ दिन अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ । २० फागुनमा राष्ट्रिय सभा सदस्यको पदावधि सकिन्छ । त्यसको ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री