शुक्रबार, १४ कार्तिक २०८२

झलनाथ खनालद्धारा नयाँ पार्टी गठन गर्ने घोषणा

समयपोष्ट २०८२ कार्तिक १४ गते २२:१४

Advertisement

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ पार्टी गठन गर्ने भएका छन्।

अध्यक्ष माधवकुमार नेपालले माओवादीसहितका पार्टीहरूसँग एकता प्रक्रिया अघि बढाउने निर्णय लिएपछि खनालले यो कदम चालेका हुन्।

शुक्रबार सकिएको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले एकताको प्रक्रिया नरोकिने स्पष्ट पारेका थिए। बैठकमा खनालले भिन्न मत राख्ने अवसरसमेत नपाएको स्रोतले जनाएको छ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै खनालले भने, “एमालेसँगको विद्रोहको औचित्य पुष्टि नगर्दै पार्टीलाई माओवादीमा विलय गर्ने जबर्जस्ती निर्णय गरियो। यो पार्टी विसर्जन हो।”

Advertisement

उनले एमालेको ‘घर फिर्ती’ आह्वानलाई सकारात्मक रूपमा लिएको बताए। एमाले प्रवेशबारे उनले भने, “नीति र सिद्धान्तमा सहमति भए मात्र सम्भव हुन्छ।”

नयाँ पार्टी गठन प्रक्रियाबारे खनालले शनिबार आफू निकट नेताहरूसँग छलफल गर्ने र त्यसलगत्तै कानुनी प्रक्रिया अघि बढाउने जानकारी दिए। “यही नाम नमिल्ने भए निर्वाचन आयोगमा दर्ता भएका अन्य पार्टीहरूसँग पनि एकताबारे छलफल गर्न सकिन्छ,” उनले थपे।

प्रतिक्रिया

सम्बन्धित सामाग्री