सगरमाथा लुम्बिनी इन्स्योरेन्स दोस्रो एनपीएलमा सुदूरपश्चिम रोयल्सको आधिकारिक इन्स्योरेन्स पार्टनर
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्ससँग पुनः सहकार्य गर्दै आधिकारिक इन्स्योरेन्स पार्टनरको रूपमा आफ्नो स्थान सुरक्षित गरेको छ।
यो साझेदारीले खेलकुदको विकास र सुरक्षाप्रति दुवै संस्थाको साझा प्रतिबद्धतालाई झल्काउँछ।
सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले भने, “हामी सुदूरपश्चिम रोयल्ससँग पुनः जोडिन पाउँदा खुसी छौं। जोखिम व्यवस्थापनमा अग्रणी कम्पनीका रूपमा हामी खेलाडीहरूलाई निर्धक्क खेल्न प्रेरित गर्न चाहन्छौं। यस सिजनमा कप सुदूरपश्चिममै आओस् भन्ने शुभकामना छ।”
सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले भने, सलिकोजस्तो प्रतिष्ठित ब्रान्डको साथ पाउनु हाम्रो गर्व हो। यो सहकार्यले एनपीएललाई नयाँ उचाइ दिनेछ र अन्य संस्थाहरूलाई पनि खेल क्षेत्रमा लगानी गर्न प्रोत्साहन मिल्नेछ।”
नेपालभर १०० भन्दा बढी शाखा सञ्चालन गर्दै आएको सलिकोले व्यक्तिगत तथा कर्पोरेट ग्राहकहरूलाई विविध बीमा सेवा प्रदान गर्दछ।
प्रतिक्रिया