बालेनबारे प्रधानमन्त्री कार्कीले गरिन यस्तो नयाँ खुलासा

नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) बीचको सम्बन्ध मित्रवत् तर एकतर्फी गुनासोले भरिएको देखिएको छ ।
जेन-जेड आन्दोलनपछि बालेनको समर्थनमा कार्की प्रधानमन्त्री बने पनि, दुवैबीचको छलफलमा बालेनले आफ्ना मुद्दा मात्र जोड दिने गरेको प्रधानमन्त्रीको भनाइ छ ।
शुक्रबार साँझ पत्रकारहरुसंगको कुराकानीमा प्रधानमन्त्री कार्कीले बालेनसँगको सम्बन्धबारे खुलस्त पारिन् ।
‘सुशीला र बालेनको सम्बन्ध तथा सम्पर्क कुन तहसम्म विकसित छ ?’ भन्ने जिज्ञासामा उनले भनिन्, ‘५–६ पल्ट भेट भइसकेको छ । म प्रधानमन्त्री भएपछि पनि २ पल्ट भेट भइसक्यो । आज बिहान पनि फोनमा कुरा भएको थियो । बालेनलाई म छोरो भनी बोलाउँछु । उसले चाहिँ मलाई दिदी भन्छ । उसले गृहमन्त्रीको राजीनामा मागेको छैन ।’
तर, बालेनका कुरा भने सुन्न नसकेको गुनासो गर्दै कार्कीले भनिन्, ‘उसले हाम्रा कुरा सुन्दैन, आफ्ना कुरा मात्र भन्छ । उसको बानी फरक छ । भदौ २३ गतेको दमनकारीलाई किन पक्राउ नगरेको भन्छ । मलाई जहाँसम्म लाग्छ, उ पार्टी खोल्ने खालको मान्छे होइन ।’
 




























 
	
प्रतिक्रिया