पुनःरोकियो उपत्यकाको फोहर व्यवस्थापन

पटकपटक रोकिँदै आएको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन पुनः रोकिएको छ । अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडा आसपासका जनप्रतिनिधि र बासिन्दाको अवरोधका कारण उपत्यकाको फोहर व्यवस्थापन पुनः रोकिएको हो ।
यसअघि कामपासँग भएको सहमति कार्यान्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका बासिन्दाले अवरोध गरेकाले उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन हुन नसकेको कामपा वातावरण व्यवस्थापन विभागको प्रमुख सरिता राईले जानकारी दिनुभयो ।
अन्तिम फोहर व्यवस्थापनस्थलमा फोहर व्यवस्थापन हुन नसकेकाले घरको फोहर घरमै राख्न उहाँले सबै नगरवासीलाई आग्रह गर्नुभयो । विसं २०७९ जेठ २६ गते उक्त क्षेत्रका जनप्रतिनिधि र स्थानीयवासीसँग कामपा नेतृत्वले १८ बुँदे सहमति गरेको थियो । महानगरप्रमुख बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलसहितको टोलीले उक्त सहमति गरेको थियो ।
सहमतिका बुँदाहरूमा कामपाले निश्चित समय सीमाभित्र प्रभावित क्षेत्रको भौतिक तथा सामाजिक विकासमा सहयोग गर्ने र दीर्घकालीन रूपमा वातावरणीय सुधार गर्ने प्रतिबद्धता जनाइएको थियो ।
उक्त प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै अहिले फोहर व्यवस्थापन कार्य रोकिएको हो । यसरी फोहर व्यवस्थापन कार्य रोकिँदा समस्या आउन सक्ने भन्दै कामपाले अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण नगरवासीले आफ्नो घरबाट निष्केका फोहर सडकमा यत्रतत्र नफाली घर कम्पाउण्मा सुरक्षित तबरले राख्न अनुरोध गरेको छ ।
सहमतिअनुसार फोहरको दुर्गन्ध व्यवस्थापन गर्ने कार्य एक महिनाभित्र तथा फोहरबाट निस्कने लिच्चड खोलामा नमिसाउने गरी दुई महिनाभित्र वैज्ञानिक व्यवस्थापन गर्नुपर्ने थियो । साथै, फोहर बोक्ने गाडीबाट बाटोमा लिच्चड नचुहिने व्यवस्था मिलाउने प्रतिबद्धता एक महिनाभित्रै पूरा गर्नुपर्ने थियो । यी आधारभूत वातावरणीय सुधारहरू नभएको स्थानीयवासीको भनाइ छ ।
भौतिक पूर्वाधारतर्फ महानगरले दीर्घकालीन रूपमा फोहर ढुवानीका लागि आवश्यक पूर्वाधार, बस्ती तथा बाटोको निर्माण र व्यवस्था तीन महिनाभित्र गरिसक्ने प्रतिबद्धता गरेको थियो । साथै, फोहर विसर्जनस्थल र फोहर लैजाने बाटोमा उत्पन्न हुने पहिरो नियन्त्रणको कार्य प्राथमिकताका साथ गर्ने र तीनपानेबाट बञ्चरेडाँडासम्मको सडकको जग्गाको लगत कायम गर्न पहल गर्ने बुँदाहरू समावेश थिए । सहमतिमा फोहरलाई स्रोतमा वर्गीकरण गरी नकुहिने फोहर मात्रै लैजाले कुहिने फोहर कामपामा व्यवस्थापन गन सहमतिर्मो उल्लेख थियो ।
 


























 
	
प्रतिक्रिया