पेट्रोलियम आपूर्ति प्रणाली सामान्य बन्दै, तेलको मूल्य युद्धपूर्वको स्तरमा फर्कियो

मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन (ओपेक प्लस)ले तेलको उत्पादन कोटा बढाउने सम्भावना देखिएको छ। आपूर्ति प्रणाली सामान्य बन्दै गएपछि आगामी बैठकमा तेल उत्पादन विस्तारबारे निर्णय हुन सक्ने विश्लेषकहरूले आइतबार जानकारी दिएका छन्।

Advertisement

साउदी अरब, रसियालगायत सात प्रमुख सदस्य राष्ट्रले अगस्ट महिनाको उत्पादन कोटाबारे अब अनलाइन बैठकमार्फत छलफल गर्ने तयारी गरेका छन्।

मध्यपूर्वको द्वन्द्वका क्रममा ‘स्ट्रेट अफ होर्मुज’मा भएको अवरोधले तेल आपूर्ति प्रभावित पारे पनि हालै इरान–अमेरिकाबीच भएको समझदारीपछि समुद्री आवागमनमा सुधार आएको हो।

आपूर्ति प्रणाली क्रमशः सहज हुँदै गएपछि तेलको मूल्य युद्धपूर्वको स्तरमा फर्किएको छ भने दैनिक आपूर्ति पनि पुनः वृद्धि हुँदै गएको छ। स्याक्सो बैङ्कका विश्लेषक ओले ह्यान्सेनले रोकिएको उत्पादन पुनः सुरु गर्न केही समय लाग्ने बताउँदै निकट भविष्यमा उत्पादन वृद्धिको गति अझ बढ्न सक्ने सङ्केत गरे।

विशेषज्ञहरूले आगामी वर्ष बजारमा मागभन्दा आपूर्ति अधिक हुन सक्ने अनुमान गरेका छन्। तर उत्पादन क्षमताको पुनः मूल्याङ्कन र कोटा निर्धारणजस्ता प्राविधिक विषयहरू ओपेक प्लसभित्र चुनौतीपूर्ण बन्न सक्ने चेतावनी पनि दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री