विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज

सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिट निवेदन खारेज गरिदिएको छ।

Advertisement

न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेको इजलासले बिहीबार उक्त रिट खारेज गर्ने फैसला सुनाएको हो।

पौडेललाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी श्रीमती दोमाया पौडेलले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

अदालतले दाबी नपुगेको भन्दै उक्त निवेदन खारेज गरेपछि पौडेल हिरासतमै रहने भएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री