राजनीतिक दलमा आबद्ध पदाधिकारीलाई रेडक्रसबाट अलग हुन निर्देशन

नेपाल रेडक्रस सोसाइटीले कुनै पनि तहको समितिमा रहेका पदाधिकारी तथा सदस्यहरू राजनीतिक दल वा तिनका भ्रातृ सङ्गठनका पदहरूमा बहाल रहेको भए रेडक्रसको संलग्नताबाट अलग हुन अनुरोध गरेको छ। संस्थामा आबद्ध स्वयंसेवक तथा कर्मचारीहरूले रेडक्रसका सिद्धान्त, मूल्य र मान्यता अनुकूल कार्य गरेको सुनिश्चित गर्न रेडक्रसले यस्तो कदम चालेको हो।

Advertisement

नेपाल रेडक्रस सोसाइटीको विधान २०२० (अठारौँ संशोधन २०८२ सहित) को दफा ७२ को उपदफा ३ मा सक्रिय राजनीतिमा संलग्न व्यक्तिहरू रेडक्रसका कुनै पनि तहका समिति, आयोग र उपसमितिहरूमा सदस्य तथा पदाधिकारी रहन नपाउने स्पष्ट व्यवस्था छ। यो कानुनी व्यवस्थालाई आत्मसात् नगरी अझै पनि दोहोरो भूमिकामा रहेको पाइएमा मौजुदा विधानबमोजिम हुने सोसाइटीले चेतावनी दिएको छ।

रेडक्रसले आफ्ना कुनै पनि तहका पदाधिकारी वा सदस्यहरू राजनीतिक दलको पदमा रहेको थाहा भएमा तथ्यसहित संस्थाको आधिकारिक इमेलमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।

राजनीतिक दलहरूको प्रभाव र संलग्नताका कारण नेरेसोमा समस्याहरू जटिल बनेको भन्दै आलोचना भइरहेका बेला अन्तर्राष्ट्रिय महासङ्घले समेत प्रतिबन्ध लगाउनेसम्मको नीति अख्तियार गरेपछि सोसाइटीले यो कडा निर्णय लिएको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री