झापामा विद्यालय भवनको शिलान्यास, भारत सरकारको ३ करोड आर्थिक सहयोग

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ मा अवस्थित श्री जनआदर्श माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि बुधबार शिलान्यास गरिएको छ।

Advertisement

कोशी प्रदेश सभा सदस्य राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्रा र काठमाडौँस्थित भारतीय राजदूतावासकी द्वितीय सचिव गरिमा नौटियालले संयुक्त रूपमा भवनको शिलान्यास गरे।

यो विद्यालय भवन भारत सरकारको करिब ३ करोड रुपैयाँको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो। उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत बन्न लागेको यस संरचनाको कार्यान्वयन शिवसताक्षी नगरपालिकामार्फत गरिनेछ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख र अन्य सरोकारवालाहरूले भारत सरकारले पुर्‍याउँदै आएको विकास सहायताको प्रशंसा गरे। यो नयाँ पूर्वाधारले यस क्षेत्रका विद्यार्थी र शिक्षकहरूका लागि सिकाउने वातावरण सुधार्न मद्दत पुग्ने विश्वास उनीहरूले व्यक्त गरे।

नजिकका छिमेकीका रूपमा भारत र नेपालबीच विभिन्न र बहुपक्षीय क्षेत्रमा सहकार्य हुँदै आएको छ। यस प्रकारका परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रमा पूर्वाधार बढाउनुका साथै नेपालको विकास प्रयासमा भारतको निरन्तर सहयोगलाई झल्काउँछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री