शुक्रबार, १४ वैशाख २०८१

युनियन लाइफको आइपिओ बाँडफाँट

समयपोष्ट २०७८ असार ३१ गते २०:१३

Advertisement

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक शेयर बाँडफाँट भएको छ ।

कम्पनीेको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने २१ लाख ८२ हजार ७ सय ७५ आवेदन मध्ये दोहोरो आवेदनका कारणबाट रद्ध भएका ४ हजार ८ सय १ तथा अन्य कारणबाट आवेदन रद्ध भएका ६५ हजार १ सय ७५ बाहेक बाँकी रहेका योग्य आवेदनहरु २१ लाख १२ हजार ७ सय ९९ वटा मध्येबाट ५ लाख ८० हजार ५ सय जनालाई न्यूनतम १० इकाई बाँडफाँट गरिएको छ ।

प्रभु क्यापिट लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक भई असार २४ गते देखि २८ गते सम्म सार्वजनिक निष्काशन खुला गरिएको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक निष्काशनमा निष्काशन गरिएको कूल शेयर ६४ लाख ५० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर ३ लाख २२ हजार ५०० कित्ता तथा कर्मचारीलाई ५ प्रतिशत बराबर ३ लाख २२ हजार ५०० कित्ता छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएकोमा निष्काशनको करिब ५.९२ गुणा सम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँट सम्पन्न गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री