
फिफा विश्वकप २०२६ को अन्तिम ३२ को नकआउट चरणमा नर्वेले आइभरी कोष्टविरुद्ध सुरुवाती अग्रता बनाएको छ।
मंगलबार अमेरिकाको टेक्सासस्थित अर्लिङटनमा रहेको डलास स्टेडियममा जारी खेलको पहिलो हाफमा नर्वे १-० गोलले अगाडि रहेको छ।
नर्वेका लागि खेलको ३९ औं मिनेटमा एन्टोनियो नुसाले गोल गर्दै टोलीलाई सुरुवाती सफलता दिलाए। उनलाई गोल गर्न मार्टिन ओडेगार्डले पास उपलब्ध गराएका थिए।
पहिलो हाफको खेल सकिँदासम्म आइभरी कोष्टले कुनै गोल फर्काउन सकेको छैन। दुवै टोलीबीचको यो प्रतिस्पर्धात्मक खेल अहिले मैदानमा जारी छ।









प्रतिक्रिया