डिशहोम र तुषाल मल्टिभेन्युबीच व्यापारिक साझेदारी

डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र तुषाल मल्टिभेन्युबीच ग्राहक, कर्मचारी, डिलर तथा सेवा साझेदारहरूलाई विशेष लाइफस्टाइल, फिटनेस तथा वेलनेस सुविधाहरू प्रदान गर्ने उद्देश्यसहित समझदारीपत्रमा हस्ताक्षर भएको छ। डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत सुरु गरिएको यो सहकार्यले ग्राहकहरूको जीवनशैलीलाई अझ समृद्ध बनाउन र उनीहरूलाई देशव्यापी रूपमा विशेष स्वास्थ्य लाभहरू प्रदान गर्ने लक्ष्य राखेको छ।

Advertisement

यस साझेदारीलाई औपचारिक बनाउने क्रममा तुषाल मल्टिभेन्युका आइटी हेड राजकुमार श्रेष्ठ र डिशहोमका सिनियर कर्पोरेट हस्पिटालिटी एकाउन्ट अफिसर देवराज श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौताअनुसार डिशहोमसँग आबद्ध कर्मचारी, अधिकृत डिलर, सेवा साझेदार तथा ग्राहकहरूले तुषाल मल्टिभेन्युमा विभिन्न प्रिमियम सेवाहरूमा विशेष छुट प्राप्त गर्नेछन्।

सहकार्यअनुसार ग्राहक तथा कर्मचारीहरूले साउना, स्टिम तथा ज्याकुजी सेवामा ५० प्रतिशत र नयाँ जिम सदस्यता लिँदा २० प्रतिशत छुट पाउनेछन्। त्यसैगरी चयनित वेलनेस तथा मनोरञ्जन सेवामा १५ प्रतिशत र खाद्यान्न तथा पेय पदार्थ (फुड एन्ड बेभरेज) सेवामा १० प्रतिशत छुट उपलब्ध गराइनेछ।

यो सुविधा लिनका लागि ग्राहकले आफ्नो मोबाइलमा ‘माई डिशहोम’ एप डाउनलोड गरी दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरेर लगइन गर्नुपर्नेछ। त्यसपछि होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको आफ्नो ‘भर्चुअल प्रिभिलेज कार्ड’ देखाएर तुरुन्तै छुट प्राप्त गर्न सकिनेछ।

डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड कम्पनीको ग्राहक सन्तुष्टि र समग्र जीवनशैली प्रवर्द्धन गर्ने व्यापक दृष्टिकोणको एउटा हिस्सा हो। यो पहलमार्फत डिशहोमले भोजन, आतिथ्य, यात्रा, वेलनेस, मनोरञ्जन र खुद्रा क्षेत्रका विभिन्न साझेदारहरूसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरूलाई देशभर विशेष सुविधा प्रदान गर्दै आएको छ।

आगामी महिनाहरूमा डिशहोमले आफ्नो साझेदार नेटवर्क अझ विस्तार गर्दै ग्राहकहरूका लागि थप रोमाञ्चक विशेषाधिकारहरू ल्याउने योजना बनाएको छ। यो सहकार्यले डिशहोम परिवारलाई स्वस्थ तथा गुणस्तरीय जीवनशैलीतर्फ प्रेरित गर्नुका साथै तुषाल मल्टिभेन्युका प्रिमियम सेवाहरूको पहुँच विस्तार गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री