
नेपालको उत्तरी नाका रसुवागढीस्थित मितेरी पुलबाट दुई दिनका लागि सार्वजनिक मालवाहक सवारीसाधनको आवतजावतमा रोक लगाइएको छ ।
अघिल्लो वर्षको असार २४ गते आएको ल्हेन्देखोलाको बाढीले पक्की पुल बगाएपछि तत्काल यातायात सञ्चालन गर्न त्यहाँ बेलीब्रिज जडान गरिएको थियो ।
उक्त बेलीब्रिजबाट आगामी वर्षायाममा सवारीसाधन चलाउन मिल्ने वा नमिल्ने भनी प्राविधिक परीक्षण गर्नका लागि सोमबार र मंगलबार यातायात सञ्चालनमा रोक लगाइएको हो ।
रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले पुलको परीक्षण अवधिभर मालवाहक सवारी साधनलाई मात्र चिनियाँ सुरक्षाकर्मीले रोक लगाएको जानकारी दिए ।
स्थानीय बासिन्दा र मानसरोवर कैलास जाने यात्रुहरूको आवतजावतमा भने यसले कुनै असहजता नपार्ने प्रजिअ पन्थीले स्पष्ट पारेका छन् । इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरका अनुसार पुलको प्राविधिक परीक्षण सकिएलगत्तै मालवाहक गाडीहरू पूर्ववत्रूपमा सञ्चालन हुनेछन् ।









प्रतिक्रिया