भेनेजुएला भूकम्पमा ३२ जनाको मृत्यु

भेनेजुएलामा बुधबार साँझ आएका दुईवटा शक्तिशाली भूकम्पका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको छ । ७.२ र ७.५ म्याग्निच्युडका यी भूकम्पमा परी ७ सयभन्दा बढी मानिस घाइते भएको कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्जले बताए ।

Advertisement

भूकम्पका कारण दर्जनौँ भवनहरू भत्किएका छन् भने आपत्कालीन टोलीहरू प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका छन् । भग्नावशेषमा फसेका मानिसहरूको उद्धार कार्य जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी उनले दिए ।

कार्यवाहक राष्ट्रपति रोड्रिग्जका अनुसार भूकम्पबाट सबैभन्दा बढी क्षति ला गुआइरा राज्यमा भएको छ । उक्त क्षेत्रले अहिले गम्भीर मानवीय सङ्कटको सामना गरिरहेको जानकारी उनले दिए ।

त्यहाँ धेरै भवनहरू ध्वस्त भएका छन् र पुरिएका नागरिकहरूलाई बचाउन सुरक्षाकर्मी र आपत्कालीन टोलीहरू निरन्तर परिचालन भइरहेका छन् । सरकारले ला गुआइरालाई विपद् प्रभावित क्षेत्र घोषणा गर्दै मानिसहरूको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेको छ ।

उद्धारकर्मीहरूले निकै कठिन परिस्थितिका बीच भी नागरिकहरूको ज्यान जोगाउन निरन्तर प्रयास गरिरहेका छन् । प्रभावित क्षेत्रमा राहत तथा उपचार सेवालाई तीव्र बनाउँदै सरकारले क्षतिको वास्तविक विवरण संकलन गर्ने कार्यलाई जारी राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री