विश्वकपका लागि सामसङको विशेष अफर, टिभी खरिदमा २५ प्रतिशतसम्म क्यासब्याक र साउन्डबारको सुविधा

सामसङ नेपालले विश्वकप फुटबललाई लक्षित गर्दै आफ्ना टिभी लाइनअपमा विशेष छुट र उपहार योजना सार्वजनिक गरेको छ । घरमै रंगशालाजस्तै खेलको रोमाञ्चक अनुभूति दिलाउने उद्देश्यले कम्पनीले आगामी जुलाई १९ सम्मका लागि यो अफर ल्याएको हो ।

यस योजनाअन्तर्गत ग्राहकले निश्चित सामसङ टिभीको खरिदमा २५ प्रतिशतसम्म क्यासब्याक पाउन सक्नेछन् । ठूलो स्क्रिनमा खेलको मज्जा लिन चाहनेका लागि यो गतिलो अवसर बन्ने कम्पनीले विश्वास लिएको छ ।

साउन्डबार र नेटटिभीको आकर्षक अफर

Advertisement

फुटबल खेललाई अझ इमर्सिभ बनाउन ७५ इन्च वा ८५ इन्चको टिभी खरिद गर्दा ग्राहकले विशेष सुविधा पाउनेछन् । ४९ हजार ९ सय ९० रुपैयाँ मूल्य पर्ने साउन्डबार मात्र ९ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

खेलका साथै अतिरिक्त मनोरञ्जनका लागि सामसङले नि:शुल्क विश्वकप लाइभ सब्स्क्रिप्सन र १२ महिनासम्मको नेटटिभी प्याकेज पनि दिनेछ । क्यूएलईडी र यूएचडी मोडेलमा १२ महिनाको तथा एफएचडी र एचडी मोडेलमा ६ महिनाको नेटटिभी प्याकेज उपलब्ध हुनेछ ।

यस्तो छ टिभी अफरको वर्गीकरण

यस योजनामा क्यूएलईडी ५५ देखि ८५ इन्चसम्मका टिभीमा २५ प्रतिशतसम्म क्यासब्याक र उपहारहरू समेटिएका छन् । यूएचडी ४३ देखि ६५ इन्चसम्मका मोडेलमा १० प्रतिशतसम्म छुट र १२ महिनाको नेटटिभी प्याकेज पाइनेछ ।

त्यस्तै ४३ इन्चको एफएचडी टिभीमा ७ प्रतिशत र ३२ इन्चको एचडी टिभीमा २१ प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको छ । यी सबै मोडेलमा विश्वकप लाइभ सब्स्क्रिप्सन र ६ महिनाको नेटटिभी प्याकेज अनिवार्य गरिएको छ ।

किस्ताबन्दी र पुराना टिभी साट्ने सुविधा

Advertisement

ग्राहकको सहजताका लागि हुलास फिनसर्भ हायर पर्चेजमार्फत सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवा पनि उपलब्ध छ । यसअन्तर्गत ग्राहकले १२ महिना वा २४ महिनाको सरल ईएमआई योजनामा टिभी खरिद गर्न सक्नेछन् ।

नयाँ टिभीमा अपग्रेड हुन चाहनेहरूका लागि अर्कोस्टोर वा देशभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट पुराना उपकरण एक्सचेन्ज गर्ने सुविधा समेत दिइएको छ । ग्राहकले नजिकैको अधिकृत सामसङ स्टोरमा गएर यस अफरको थप विवरण बुझ्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री